अर्घाखाँचीमा १८सय बढी बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइयो

सागर महत, असार ३१ सन्धिखर्क । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कले १ वर्षदेखि ५ वर्ष उमेर समूहका १ हजार ८सय४४ जना बालबालिकालाई स्वर्णप्राशन खुवाइएको छ ।
जसअन्तर्गत १हजार २९ जना बालक र ८सय१५ जना बालिका सहभागी भएका थिए। बिहान ४ः३० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट अभिभावकले आफ्ना बालबालिकालाई सहभागी गराएको कार्यालय प्रमुख कमल प्रसाद आचार्यको भनाइ छ ।


आयुर्वेदका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउन, स्मरणशक्ति, पाचनशक्ति र एकाग्रता अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास गरिएको छ। यही उद्देश्यका साथ प्रत्येक महिनाको पुष्य नक्षत्रको अवसरमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ।

केन्द्रले आगामी श्रावण २७ गते बुधबार पुनः स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन हुने जानकारी दिँदै १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराउन सबै अभिभावकमा अनुरोध गरिएको आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation