राष्ट्रिय कृषि आधुनिकीकरण अर्घाखाँचीको वितिय प्रगती ८४.३५ प्रतिशत

सन्धिखर्क ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँची बार्षिक कार्यक्रम तथा बजेट र प्रगतिको सार्वजनिक सुनुवाइ गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।कार्यक्रमअन्तर्गत सञ्चालन भएका गतिविधि, तरकारी, बाख्रा, कफी तथा सुन्तला जोनमार्फत भएका उपलब्धि, प्राविधिक सेवा तथा कृषक लक्षित कार्यक्रमहरूको विवरण समेटिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले अनुदानको कार्यक्रम प्रभावकारी बनाउनको लागि सरकारी निकाय र अनुदान प्राप्त गर्ने कृषक देखि नागरिकको पनि जिम्मेवारी हुने बताउनुभएको छ । उहाँले अनुदानको सोही सदुपयोग गरि आर्थिक आम्दानीमा जोडीन आग्रह गर्नुभयो ।

कार्यक्रमले जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक कृषि उत्पादन वृद्धि, कृषकको आयआर्जनमा सुधार तथा कृषि आधुनिकीकरणलाई प्राथमिकता दिँदै विभिन्न योजना सञ्चालन गरिरहेको जनाएको छ। साथै कृषक, कृषि सहकारी, समूह तथा निजी कृषि फर्मसँग समन्वय गरी उत्पादन र बजारीकरणमा समेत सहयोग पु¥याइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख विष्णु मग्ररातीले बताउनुभयो ।
आर्थिक वर्ष २०८२/८३ सम्मको बजेट विनियोजन र खर्चको विवरणसमेत समावेश गरिएको छ। जसमा कुल बजेट ४ करोड ९४ लाख २९ हजार रहेकोमा वितिय प्रगती ८४.३५ प्रतिशत रहेको उहाँको भनाइ छ ।यस्तै भारित प्रगति ९१.५१ प्रतिशत रहेको कार्यालय प्रमुख मग्ररातीको भनाइ छ ।यस्तै कार्यक्रमको लागि ५सय १६ प्रस्ताव आएका थिए । जसबाट ३सय १६ जना लाभग्राह रहेको उहाँको भनाइ छ ।
किसान गोपाल बस्याल,नाराण प्रसाद भट्टराई,भुवन प्रसाद श्रेष्ठले कृषकको उत्पादनलाई बजारीकरणलाई व्यवस्थीत र जगंली जनावरबाट किसानको बाली संरक्षणमा जोड दिन आग्रह गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी,राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति सिता पराजुली,नेपाली कम्प्युष्ट पार्टीका जिल्ला अध्यक्ष रामबहादुर चौहान लगायतले मन्तव्य राखेको कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,शितगंगा नगरपालिका प्रमुख छविलाल पौड्ेल,भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ,पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौड्ेल, शितगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा ,पत्रकार महासंघ अध्यक्ष गणेश खनाल लगायतको सहभागीता रहेको कार्यक्रम अभिशेक अर्यालको स्वागत मन्तव्य भगवता चौहानको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation