अर्घाखाँचीमा सर्पसँग खेल्दा एक युवाको ज्यान गयो

सागर महत,असार२०अर्घाखाँची ।
अर्घाखाँचीमा सर्पले टोक्दा एक जनाको मृत्युु भएको छ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जीवन लामिछानेका अनुसार कुमालले सर्प खेलाइरहेका बेला अचानक सर्पले टोकेपछि उनको अवस्था गम्भीर बनेको थियो।

शुक्रबार बेलुकाको समयमा सर्पले टोकेपनी उनको उपचार गर्न आज बिहान मात्र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जनाएको छ।यस्तै प्रहरीलाई घटनाको बारेमा आज मात्र जानकारी गराइएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation