अर्घाखाँचीमा माटोको ढिस्कोमा लड्दा एक जनाको मृत्यु

सन्धिखर्क ।अर्घाखाँचीमा माटोको ढिस्कोमा लड्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पान्डाँडाका ५७ बर्षिय रामबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

बुधबार बिहान ११ बजे घर नजिक रहेको बाटोमा हिड्ने क्रममा अचानक ढिस्कोबाट लडि ११ मिटर तल खस्न जाँदा टाउको कोपछाडिको भाग र खुट्टामा चोट लागि उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याएकोमा अस्पतालले मृत घोषण गरेको प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।घटना बारे थप अनुसन्धान भैरहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation