पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा एआई सम्बन्धी दुई दिने तालिम सम्पन्न

सन्धिखर्क ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना र शितगंगा नगरपालिका को सहयोगमा कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
नरपानीमा भएको तालिममा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

तालिममा प्रशिक्षक विश्वराज पौडेलले एआई प्रविधिका विभिन्न उपकरणहरूको प्रयोगात्मक प्रदर्शन गर्दै समाचार लेखन, तथ्य परीक्षण र सामग्री निर्माणमा एआईको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागी पत्रकारहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्नुभयो।
पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले समय परिवेश अनुसार उक्त तालिम सञ्चालन गरिएको बताउनुभयो।तालिम कार्यक्रमको उद्घाटन पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation