लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि संवाद कार्यक्रम सम्पन्न

सन्धिखर्क ।गभर्नेन्स ल्याब को आयोजना दलित चेतना विकास परिषद् नेपाल अर्घाखाँचीको सहजीकरणमा लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि सरोकारवालासँग पालिका स्तरीय नीति संवाद कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले राज्यले जनताको प्रत्यक्ष जीवनमा परिणाम देखिने गरी बजेट विनियोजन गर्न नसकेको बताउनुभयो। उहाँले जनताका आवश्यकता र चाहना पूरा गर्न पर्याप्त बजेट आवश्यक भए पनि स्थानीय तहको स्रोत सीमित रहेको उल्लेख गर्दै, “जनताका धेरै अपेक्षा छन्, तर हाम्रो डालो खाली छ,“ भन्नुभयो। साथै, लैङ्गिक तथा समावेशी शासन सुदृढीकरणका लागि नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको जानकारी दिनुभयो।
यस्तै, भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भए पनि सीमित स्रोत–साधनका कारण सबै समस्या तत्काल समाधान गर्न चुनौती रहेको बताउनुभयो। उहाँले नेतृत्व तथा संस्थागत सुधारमार्फत लैङ्गिक तथा समावेशी शासन सुदृढीकरण अभियानमा नगरपालिका निरन्तर सक्रिय रहेको र आवश्यकता अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा राधा नेपालीले सहजीकरण गर्दै भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, गैरसरकारी संस्था महासङ्घका ठाकुर अधिकारी तथा नागरिक समाजका तर्फबाट सुनिता बेल्बासेसँग लैङ्गिक तथा समावेशी शासन सुदृढीकरणका लागि आ–आफ्नो क्षेत्रबाट गरिएका गतिविधि, उपलब्धि र आगामी योजनाबारे अन्तरक्रिया तथा बहस गराउनुभएको थियो।यस्तै कार्यक्रममा राधा अधिकारीले पनि सहजीकरण गर्नुभयो ।
सहभागीहरूले लैङ्गिक समानता, समावेशी शासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउन स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।कार्यक्रममा सन्धिखर्क नगरपालिका योजना शाखा दिलिप केसीले शहरी शासकिय अन्तर्गतको कार्यक्रममा महिला सहभागीताको विषयमा प्रकाश पार्नुभएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर २ का अध्यक्ष मोतिजङ्ग रायमाझी १० का अध्यक्ष मोहनसिंह ठकुरी भुमिकास्थान नगरपालिका ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार ५ का अध्यक्ष जय गोपाल श्रेष्ठ कार्यापालिका सदस्य महिला अधिकारकर्मी गैरसरकारी सस्थाका अध्यक्ष सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation