अत्यधिक गर्मीका कारण युरोपको जनजीवन नराम्ररी प्रभावित

एन्जेसी । अत्यधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । फ्रान्समा पछिल्ला केही दिनयता चर्को गर्मीपछि नदी, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ४० जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

ज्यान गुमाउनेमा धेरैजसो युवा उमेर समूहका मानिसहरू रहेका छन् । फ्रान्समा हिजो मंगलबार इतिहासकै सबैभन्दा तातो दिन भएको छ । त्यहाँको दक्षिण–पश्चिमी क्षेत्रको एक सहरमा तापक्रम ४४.३ डिग्री सेल्सियस पुगेको खबरमा उल्लेख छ । विभिन्न ५४ वटा ठाउँमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने आज यो अझै बढ्ने अनुमान छ ।

अत्यधिक गर्मीका कारण मानिसहरू नदी, नहर र जलाशयमा हाम फालेर शरीर चिस्याउन बाध्य भएका छन् । अधिकारीहरूले जोखिमपूर्ण ठाउँमा पौडी नखेल्न आग्रह गरेका छन् । यस्तै बेलायत, इटाली, स्पेन, स्वीट्जल्याण्ड र बेल्जियम पनि अत्यधिक गर्मी बढेको छ ।

कतिपय क्षेत्रमा विद्यालय बन्द गरिएका छन्, रेल सेवा प्रभावित भएको छ र पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् । पेरिसको प्रसिद्ध आईफिल टावर पनि समेत अत्यधिक गर्मीका कारण बन्द गरिएको छ ।

विशेषज्ञहरूका अनुसार यो गर्मी ‘ओमेगा ब्लक’ नामक मौसमी प्रणालीका कारण उत्पन्न भएको हो, जसले तातो हावालाई लामो समयसम्म एउटै क्षेत्रमा थुनिराख्दछ । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता मौसमी घटना झन् तीव्र र बारम्बार हुने चेतावनी दिएका छन् ।

फ्रान्सको मौसम विभागले यो अवस्था सन् २००३ को विनाशकारी गर्मीसँग तुलना गरेको छ, त्यसबेला युरोपमा गर्मीका कारण झण्डै ८० हजार मानिसको ज्यान गएको थियो । उज्योलोबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation