बंगलादेशमा मतगणना सुरु

ढाका । बंगलादेशमा आम निर्वाचन सम्पन्न भएको छ । झण्डै दुई दशकसम्म सत्तामा रहेकी शेख हसिनाको शासनकाल सन् २०२४ को विद्यार्थी आन्दोलनबाट अन्त्य भएपछि भएको यो पहिलो निर्वाचन हो ।
देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताले आगामी पाँच वर्षका लागि नयाँ सरकार र संसदको चयन गर्न मतदान गरेका छन् । निर्वाचनसँगै देशको भविष्य र संवैधानिक सुधारका लागि ‘जुलाई राष्ट्रिय बडापत्र’ सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको छ ।

चुनावी प्रतिस्पर्धा र मुख्य खेलाडीहरू यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा भने दुई ठूला गठबन्धनहरूबिच देखिएको छ । पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले १० दलीय गठबन्धनको नेतृत्व गरिरहेको छ । झण्डै १७ वर्षको लामो निर्वासनपछि स्वदेश फर्किएका रहमानलाई यस निर्वाचनको मुख्य दावेदारका रूपमा हेरिएको छ ।

अर्कोतर्फ, शफिकुर रहमानको नेतृत्वमा रहेको जमात–ए–इस्लामी ९जेई० ले ११ दलीय गठबन्धनको नेतृत्व गर्दै बीएनपीलाई कडा टक्कर दिइरहेको छ । यो गठबन्धनमा सन् २०२४ को आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरूले बनाएको नयाँ दल नेसनल सिटिजन पार्टी ९एनसीपी० पनि सामेल छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation