काठमाण्डौ । प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख सभामु डोलप्रसाद (डीपी) अर्याललाई ‘तपाईँले कान सुन्नु हुन्छ कि हुन्न’ भन्ने प्रश्न
गर्नुभएको छ । त्यसपछि १५ मिनेट स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुरै नसुनी सभामुखले माइक काटिदिएको दाबी गर्नुभयो । त्यसपछि सभामुख अर्यालले सांसद राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो ।

















