सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्धिखर्क नगरपालिका को नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राजु खड्काको सभापतित्वमा १५ सदस्यीय नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवनिर्वाचित समितिको उप—सभापतिमा हरी बहादुर गैरे, सचिवमा बाबुराम घिमिरे र सह—सचिवमा स्नेहा परियार चयन हुनुभएको छ। सदस्यहरूमा गोविन्द प्रसाद श्रेष्ठ, राम कुमार नेपाली, सरस्वती दमासे, जोमा आचार्य भुसाल, बन्धु नेपाली, बद्री कुमार भुसाल, संजय आचार्य, सरीता भुसाल, लेखनाथ घिमिरे , हरिबहादुर क्षेत्री पाण्डे र शीमा क्षेत्री निर्वाचित हुनुभएको छ।

















