दक्षिण कोरिया ।दक्षिण कोरियाको राजधानी सोलमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया र लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाललाई स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष हिमाल खनालले भुसाललाई खादा ओढाएर सम्मान गर्नुभएको थियो भने अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष मनोज पौडेलले सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा अर्घाखाँची सम्पर्क मञ्चका सल्लाहकार फर्सु पौडेल, भेषराज पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अर्घाखाँची सम्पर्क मञ्चका सचिव सनु खनालले गर्नुभएको थियो।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनको अवसरमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपसभापति पुष्पा भुसाल दक्षिण कोरिया पुग्नुभएको हो। सोही अवसर पारेर अर्घाखाँची सम्पर्क मञ्च र लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाले उहाँको सम्मान तथा परिचयात्मक कार्यक्रम आयोजना गरेका हुन्।


















