गुल्मीमा अविवाहित महिलाले बच्चा जन्माएपछि पुरुषको खोजी

गुल्मी ।गुल्मी अस्पतालमा २३ वर्षीया एक अविवाहित महिलाले छोरीलाई जन्म दिएकी छन्।अस्पतालका अनुसार सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राख्नुपर्ने भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
घटनापछि शिशुको पिताको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धान सुरु गरेको जनाएको छ। सुत्केरी महिला गुल्मीको रेसुङ्गा नगरपालिका–१४, पराल्मीकी निवासी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation