लगइन एजुकेशन बुटवलको आयोजनामा कला स्नातक र कानून स्नातक प्रवेश तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल।बुटवल गोलपार्कस्थित लगइन एजुकेशन द्वारा आयोजित कला स्नातक कानून स्नातक प्रवेश तयारी, अभिमुखीकरण तथा बिदाई कार्यक्रम अत्यन्त प्रेरणादायी र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कानून क्षेत्रमा भविष्य निर्माण गर्ने दृढ संकल्प बोकेका ४० भन्दा बढी विद्यार्थीहरूको उत्साहपूर्ण, सक्रिय र अर्थपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष उचाइ प्रदान गरेको थियो। कार्यक्रमको अध्यक्षता B.A.LL.B संकायका संयोजक निरज खनालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विशाल पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा लगइन एजुकेशन का निर्देशक अर्जुन खनालले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य, गुणस्तरीय शैक्षिक वातावरण तथा शिक्षा क्षेत्रमा संस्थाले पुर्याउँदै आएको योगदानबारे विस्तृत जानकारी गराउनुभयो। कार्यक्रममा अधिवक्ता ज्ञानु केसी, नेत्र पाण्डे, निशा खरेल, स्वस्तिक पाण्डे तथा नविन खनाल लगायत प्रतिष्ठित कानुन व्यवसायीहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै प्रतिनिधिसभा सदस्य केपी खनालका प्रमुख स्वकीय सचिव रोशन भट्ट विभिन्न विश्वविद्यालयका उत्कृष्ट विद्यार्थी (Toppers) तथा प्रतिष्ठित शैक्षिक व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र प्रेरणादायी बनाएको थियो।

अधिवक्ताले लगइन एजुकेशन बुटवल लाई हार्दिक शुभकामना व्यक्त गर्दै कानून क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने सम्पूर्ण विद्यार्थीहरूलाई यस एजुकेशनमा आबद्ध भई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय तयारी गर्न हार्दिक आह्वान गर्नुभयो। कार्यक्रमका संयोजक निरज खनालले गत वर्ष Login Education का विद्यार्थीहरूले नेपालका प्रतिष्ठित Law Campuses मा उत्कृष्ट रैंकसहित शतप्रतिशत सफलता हासिल गरेको उल्लेख गर्दै यसलाई संस्थाका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले B.A.L.L.B. Entrance तयारीका लागि गुणस्तरीय शिक्षा, अनुभवी मार्गदर्शन र उत्कृष्ट नतिजाका आधारमा Login Education बुटवलकै अग्रणी र विश्वासिलो संस्था भएको उल्लेख गर्नुभयो। कार्यक्रममा B.A.LL.B अध्ययनको महत्व, प्रवेश परीक्षाको प्रभावकारी तयारी रणनीति, कानून क्षेत्रका व्यापक सम्भावना, न्यायिक सेवाको मार्ग तथा सफल विद्यार्थी जीवनका अनुभवहरूबारे गहन अन्तरक्रिया गरिएको थियो।

वक्ताहरूले अनुशासन, निरन्तर अध्ययन, दृढ आत्मविश्वास र सही मार्गदर्शन नै सफलताको मूल मन्त्र भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति पूर्ण समर्पित हुन प्रेरित गर्नुभयो। कार्यक्रमअन्तर्गत अन्तरक्रियात्मक छलफल  समेत सञ्चालन गरिएको थियो, जसले सहभागी विद्यार्थीहरूमा नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र भविष्यप्रतिको दृढ आत्मविश्वास जगाएको थियो। सहभागीहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी, प्रेरणादायी र जीवन परिवर्तनकारी अनुभवका रूपमा वर्णन गरेका छन्। यस विशेष अवसरमा Login Education Butwal ले BALLB अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि Pre-Entrance Test सञ्चालन गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन विद्यार्थीलाई क्रमशः १००%, ५०% र २५% छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। यो पहलले प्रतिभाशाली र मेहनती विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर थप सुलभ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation