पाणिनिमा भिरबाट लडेर एक जनाको मृत्यु

सागर महत,सन्धिखर्क । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ तिम्लेचौरका ३७ वर्षीय मोहन सुनारको भिरबाट लडेर मृत्यु भएको छ।
प्रहरीका अनुसार असार २३ गते बिहान घरबाट गाउँतिर घुम्न निस्किएका सुनार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजीका क्रममा असार २४ गते बिहान करिब ८ः३० बजे उनकी आमाले घरबाट करिब पाँच मिनेटको दूरीमा रहेको गोरेटो बाटोबाट करिब १३ मिटर तल खरबारीमा उनी अचेत अवस्थामा लडिरहेको फेला पार्नुभएको थियो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट प्रहरी सहायक निरीक्षक बैजनाथ लोनियाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले सुनारको उद्धार गरी एम्बुलेन्समार्फत जिल्ला अस्पताल अर्घाखाँची ल्याएको हो ।
जिल्ला अस्पताल अर्घाखाँचीमा सुनारलाई चिकित्सकले परीक्षण गर्दा बिहान मृत घोषणा गरेका थिए।हाल शव जिल्ला अस्पताल अर्घाखाँचीमा रहेको छ भने पोस्टमार्टम प्रक्रिया हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी लक्ष्मीप्रसाद पन्थीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation