अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई हेर्ने दृष्टिकोण सम्मान हुन जरुरी छः कोइराला

सन्धिखर्क ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ३, २०२५) को अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले अपाङ्गता भएका व्यक्तिहरू समाजका समान अधिकार भएका नागरिक भएकाले उनीहरूका अधिकारको संरक्षण र प्रवद्र्धनमा राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समान अवसर, पहुँचयुक्त सेवा तथा समावेशी विकासमा स्वास्थ्य कार्यालयले आगामी दिनमा यस क्षेत्रको विकासका लागि आवश्यक बजेट निनियोजन गरि कार्यक्रम संचालन गरिने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभयो ।


कुष्ठरोग समयमै उपचार गरेमा अपाङ्गता हुनबाट समेत जोगिन सकिन्छ, त्यसैले लक्षण देखिएमा स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्नुपर्ने उहाँको सुझाव दिनुभएको हो । सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सहायक पुष्पा भुसालले पहिला भन्दा अहिले स्थानीय सरकारले योजना तथा कार्यक्रम थेरै भए पनि समावेश गर्दै आएको भनाइ राख्नुभएको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका समस्या, चुनौती तथा समाधानका उपायबारे सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको आयोजना स्वास्थ्य कार्यालय अर्घाखाँचीले गरेको हो भने सुजनशील समावेशी फाउन्डेसन, नेपाल समन्वय गरेको थियो ।कार्यक्रममा सुजनशील समावेशी फाउन्डेसन अध्यक्ष फर्सुराम पाण्डे र पत्रकार केशव पन्थीले सहजीकरण गर्नुभएको थियो । सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न सबै निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत अंकिता बस्याल निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयकी प्रधानाध्यापक कमला भुसाल लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation