विद्यालयको भौतिक सामग्री संरक्षणमा विद्यार्थीको पनि जिम्मेवारी हुन्छःछत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ

सन्धिखर्क।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम वडा नम्बर ६को नेपाल राष्ट्रिय मावि र वडा नम्बर ७मा रहेको जनकल्याण मावि सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ले सबै भन्दा पहिलो विद्यार्थीहरुले विद्यालयको भौतिक सामग्री संरक्षणमा पनि जिम्मेवारी रहेको बताउनुभएको छ ।गाउँपालिकाबाट बजेट विनियोजन गरे पनि विद्युतका सामग्री ,डेक्स बेन्च,रंगरोगन गरेको क्षेत्रमा केरमेट जस्ता गतिविधि केहि विद्यालयमा गरेको पाइएकाले यसलाई तुरुत रोक्न आग्रह गर्नुभयो ।

जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रमले विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद स्थापित गरी विद्यालयका समस्या पहिचान गर्न, समाधानका उपाय खोज्न तथा पठनपाठनको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले गाउँपालिका शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने अभियानमा निरन्तर लागिरहेको उल्लेख गर्दै विद्यालयका मुख्य समस्या पहिचान गरी समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष मनी पन्थी ले विद्यार्थीहरु कुलतको लतबाट टाडा हुन आवश्यक रहेको बताउनुभयो ।विद्यार्थी विद्यालय मात्र गएर नपुग्ने भन्दै अभिभावकले पनि आफ्ना बालबालिकाको नियमित निगरानी र हेरचाह गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार गर्ने लक्ष्यका साथ गाउँपालिका अघि बढिरहेको जानकारी दिनुभयो।

यस्तै विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारबीचको सहकार्य तथा विश्वासले मात्र अपेक्षित नतिजा दिन सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा वडा नम्बर ६का कमल पौड्ेल र ७ का वडा अध्यक्ष नारायण प्रसाद पाण्डेले वडा तहबाट विद्यालयलाई आवश्यक पर्ने सामग्री संगै विद्यालयको शैशिक्षक सुधारमा आफुहरु हरपल लागेको बताउनुभएको थियो।छत्रदेव गाउँपालिका शिक्षा शाखा प्रमुख मेनुका भुसालले समग्र गाउँपालिकाको शैक्षिक सुधारमा विद्यार्थीहरुको महत्वपुर्ण भुमिका हुनेभएकाले सोहि अनुसार पठपाठनमा लाग्न आग्रह गर्नुभयो ।


प्रअ लगायलते पनि विद्यार्थीले उठाएका प्रश्नको जबाफ दिनुभएको हो ।कार्यक्रममा विद्यार्थीहरूले छात्राहरूका लागि सेनेटरी प्याडको व्यवस्था, शौचालय सुधार, खेलमैदान निर्माण, विज्ञान प्रयोगशालाको स्थापना लगायतका विषयलाई प्राथमिक समस्याका रूपमा प्रस्तुत गरेका थिए।

ग्रामीण स्वास्थ्य विकास केन्द्र अर्घाखाँचीको सहजीकरणमा सम्पन्न कार्यक्रमले विद्यार्थी र जनप्रतिनिधिबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation