दुर्लभ रोगबाट पीडित खनालको उपचारका लागि आर्थिक सहयोगको अपिल

अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ निवासी लक्ष्मण खनाल र वर्षा पौडेलका छोरा वरुण खनाल दुर्लभ आनुवंशिक रोग ARPC1B Deficiency (एआरपीसी वानबी डिफिसेन्सी) बाट पीडित भएपछि उहाँको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। परिवारका अनुसार उक्त रोगका कारण वरुणलाई पटक–पटक संक्रमण हुने, स्वास्थ्य अवस्था जटिल बन्ने तथा विशेषज्ञ चिकित्सकको निरन्तर निगरानी आवश्यक पर्ने भएको छ।

हाल उहाँको उपचार भारतको नयाँ दिल्लीस्थित AIIMS अस्पतालमा भइरहेको छ। चिकित्सकहरूले उहाँको उपचारका लागि Bone Marrow Transplant (BMT) अनिवार्य रहेको र त्यसका लागि ठूलो आर्थिक खर्च लाग्ने बताएका छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचारको सम्पूर्ण खर्च जुटाउन परिवार असमर्थ भएको जनाएको छ। त्यसैले देश तथा विदेशमा रहनुभएका नेपाली, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, सञ्चारमाध्यम तथा सहयोगी मनहरूलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी बालक वरुणको जीवन बचाउन सहयोग गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation