एजेन्सी।स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।
सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले १०६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध १–० को अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि १–० गोलको जित हासिल गर्यो।
खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो ।
स्पेनले फ्रान्सलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । टोरेसले गरेको एउटै गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो । पूरै खेलभर बल नियन्त्रण, पास आदानप्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिएको थियो । खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो ।

















