छत्रदेवमा अन्तरपालिका स्तरिय क्रिकेट प्रतियोगिता सुरु

सागर महत,वैशाख २९अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका को आयोजनामा अन्तरपालिका स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले पछिल्लो समय खेल मध्ये क्रिकेटको महत्व बढ्दै गएकाले हरेक पालिकाले खेल क्षेत्रको विकासको लागि अनिवार्य बजेट विनियोजन गर्न आवश्यक रहेको बताउनुभएको छ ।आज वडा ,पालिका,प्रदेश देश ,विदेश सम्म राम्रो खेल प्रदर्शन गरेको अवस्थामा उत्पादन मुलक खेल क्षेत्रको विकासमा लाग्न जरुरी रहेको बताउनुभयो ।


छत्रदेव गाउँपालिकाले जिल्लाका ६वटै पालिका लाई समावेश गरेर गाउँपालिकाको रातापोखरा रगंशालामा जिल्ला स्तरिय क्रिकेट र पालिका स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेको पालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभएको हो ।
सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ ,निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भट््टराई, छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थीले खेलको लोकप्रियता विद्यालयस्तरमा पनि बढ्दै गएको भनाइ राख्दै यसको विकासमा एक जुट हुन आवश्यक रहेको बताउनुभयो ।
राख्नुभएको हो ।
खेल क्षेत्रको विकासको लागि गाउँपालिकाले हरेक वर्ष प्रतियोगिता गर्दै आएको बताउनुभयो ।प्रतियोगिता क्रिकेट तर्फ प्रथम पुरस्कार १ लाख,दृतिय पुरस्कार ६० हजार तृतिय पुरस्कार ४० हजार रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।
भलिबल तर्फ पालिका भित्र रहका ८ टिमको सहभागीता रहेको छ । जसमा प्रथम पुरस्कार ५० हजार दृतिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजार रहेको उहाँको भनाइ छ ।
अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष रिषिकेश भटराई पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रुद्रमणि भुसाल लगायले पनि खेल क्षेत्रको विकासको लागि एक जुट हुन आवश्य रहेको बताएको कार्यक्रम छत्रदेव ६का वडा अध्यक्ष कमल पौड्ेलको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation