अर्घाखाँची ।जिल्ला डोरीतान संघ अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय खुल्ला डोरितान प्रतियोगिता सन्धिखर्कमा हुने भएको छ । दोस्रो पटक प्रतियोगिता जेठ २० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा एक टिममा ८ जना हुनुपर्ने र एक अतिरित्त खेलाडी १ गरि ९ जना खेलाडी हुने संघका जिल्ला अध्यक्ष विष्णु परियारले जानकारी दिनुभएको छ ।
अहिले टिमको लागि हामीले पालिका तथा स्कुल क्लवलाई पनि अपिल गरेको सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । ८ जना खेलाडीको तौल ६सय ४० केजी हुनु पर्ने छ । जसमा प्रथम पुरस्कार १८ हजार दृतिय १३ हजार र ८ हजार दृतिय पुरस्कार रहेको छ ।जेठ १९ गते सम्म टिम दर्ता गर्नु पर्ने छ ।टिम दर्ता शुल्क २ हजार रहेको छ ।

















