अर्घाखाँची ।अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ९ मा वडा स्तरीय भलिबलको प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष भिम केसीले राष्ट्र निर्माणका लागि समाजलाई रूपान्तरण गर्न खेलकुदले महत्त्वपूर्ण भूमिका रहेको बताउदै खेल क्षेत्रको विकासले मात्र देशको विकास हुने बताउदै मानिसको दैनिक जीवनमा स्वस्थता तथा स्वच्छता कायम गर्नका लागि खेलको महत्व रहेको बताउनुभएको हो ।
कार्यक्रममा वडा सचिव खगेन्द्र तिरूवा विधायलका अध्यक्ष सामुदायिक वनका अध्यक्ष खेलाडी लगायतको सहभागी रहेको थियोे । कार्यक्रम वडा सदस्य खुमबहादुर लुम्चे को अध्यक्षता कार्यालय सहयोगी सिह घर्तीको संचालनमा सम्पन्न कार्यक्रममा सृर्जनसिल युवा क्लब प्रथम ,सिस्ने प्रगतिशिल युवा क्लव दोस्रो ,ठाडाखोला सुन्दर समाज युवा क्लब लामिदमार तृतीय भएका थिए ।कार्यक्रममा उत्कृष्ट खेलाडी मा सागर परियार सम्मानित हुनु भएको छ कार्यक्रममा वडा भित्रका करिब ९ टिमको सहभागीता रहेको थियोे ।

















