सागर महत,जेठ ०३ अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका को आयोजनामा अन्तरपालिका स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । छत्रदेव ५को रातापोखरा रगंशालामा भएको प्रतियोगितामा सन्धिखर्क नगरपालिका प्रथम ,दृतिय भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिका तृतिय भएको छ ।

प्रथम पुरस्कार १ लाख,दृतिय पुरस्कार ६० हजार तृतिय पुरस्कार ४० हजार मेडल र प्रमाण प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।यस्तै उत्कृष्ट खेलाडीलाई नगद ५ हजार समेत प्रदान गरिएको हो ।

खेल क्षेत्रको विकासको लागि गाउँपालिकाले हरेक वर्ष प्रतियोगिता गर्दै आएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।गाउँपालिकाले खेलाडीलाई खेल खेल्न सहज होस भनेर जिल्लामा सबै भन्दा ठुलो रगंशाला निर्माण गरेको बताउनुभयो ।
यस्तै पालिका भित्र रहेका ८ वटा वडा स्तरिय भलिबल खेल पनि सम्पन्न गरेको उपाध्यक्ष मनी पन्थीको भनाइ छ ।

















