रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली,उप—सभापतिमा बिसी चयन

सागर महत,सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापतिमा महिला उम्मेदवार सिता पराजुली निर्वाचित हुनुभएको छ । पराजुलीले ९१मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी दिनेश सुनार (विकल्प) ७९ र महेन्द्र कुँवरले ३३मत प्राप्त गर्नुभएको हो ।यस्तै उप—सभापतिमा सहयोगी बिसीले १सय १६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कमल मरासीनीले ८४ मत प्राप्त गर्नुभएको हो ।

मरासीनी पुर्व जिल्ला उपसभापति समेत हुनुहुन्छ ।यता सचिवमा चिरन सुनार १सय५० मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी यज्ञ पौडेलले ४३ मत ल्याउनुभएको हो । सहसचिवमा लक्ष्मण भट्टराई सर्वसहमत निर्वाचित भएको जनाएको छ ।

सदस्यहरुमा वेदराज घिमिरे, पिताम्बर सेजवाल र चुरामणि ढुंगाना निर्वाचित महिला सदस्यमा रमा पौडेल निर्वाचित हुनुभएको हो ।कुल प्रतिनिधि संख्या २सय ४७ रहेकोमा २सय ७ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation