सागर महत,जेठ १२अर्घाखाँची।छत्रदेव गाउँपालिका मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले आउँदो बजेटमा आफ्नो सेवा–सुविधा बढाउन माग गरेका छन् । उनीहरुले गाउँपालिका उपाध्यक्ष मनी पन्थी लाई ज्ञापनपत्र समेत बुझाएका हुन् ।

हाल काम गर्दा प्राप्त हुँदै आएको ४ सय रुपैयाँ भत्ता बढाएर १ हजार रुपैयाँ बनाउन माग गरिएको छत्रदेव गाउँपालिका महिला स्वास्थ्य स्वयंसेवी संगठन की सचिव सुनिता सुनार ले बताउनुभयो ।
त्यस्तै, सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीकाले सेवाबाट अवकाश हुँदा वार्षिक १० हजार रुपैयाँका दरले सेवा सुविधा उपलब्ध गराउन समेत माग गरेका छन् ।
हाल पालिकाभित्रका ८ वडामा १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेवीका कार्यरत रहेका छन् । गाउँपालिका उपाध्यक्ष मनी पन्थी ले स्वयंसेवीकाको माग सम्बोधन गर्ने प्रयास गरिने बताउनुभएको थियो ।

पछिल्लो समय अन्य क्षेत्रका सेवा–सुविधा बढ्दै गए पनि महिला स्वास्थ्य स्वयंसेवीकाको सुविधा नबढ्नु गम्भीर विषय भएको उल्लेख गर्दै यसतर्फ संघीय सरकारले समेत ध्यान दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

















