भुनपाको धनचौरमा बजार अनुगमन म्याद गुज्रिएका खाद्य सामग्री जफत

सागर महत,जेठ १अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ले वडा नं. १० धनचौर लगायतका क्षेत्रमा बजार अनुगमन गरेको छ।

अनुगमनका क्रममा अधिकांश पसलहरूले मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखेको तथा किराना पसल दर्ता गरेर फेन्सी लगायतका अन्य सामग्री बिक्री गरेको पाइएको छ।


त्यस्तै केही व्यवसायले व्यवसाय दर्ता नगरेको, पसलको नामसहितको बोर्ड नराखेको र मूल्यसूची पनि नराखेकोे भेटिएपछि सुधारका लागि एक साताको समय दिइएको नगरापालिका को उपभोक्ता हित संरक्षण शाखाका संयोजक लक्ष्मी कँडेलले जानकारी दिनुभयो ।

अनुगनको क्रममा सुजी, चाउमिन ,पाउरोटी, मैदा,चिउरा तथा मदिराजन्य पदार्थ लगायतका सामग्रीको म्याद सकिएको अवस्थामा बिक्रीका लागि राखिएको भेटिएको उहाँको भनाइ छ ।

करिब १५ हजार रुपैयाँ बराबरका अखाद्य तथा म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको हो।

अनुमगनमा पशु शाखा प्रमुख यमुना थापा, स्वास्थ्य शाखा का मणि कुँवर प्रहरी वृजमोहन शाहनी,स्वस्तिक गैडेल, लगायतको सहभागितामा बजार अनुगमन गरिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation