सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ खिदिम साधनबुटाकी २५ वर्षीया मनिषा नेपाली १३ दिनदेखि परिवार संग सम्पर्क विहिन भएकी छिन ।उनका श्रीमान १५ दिन अघि रोजगारीको लागि भारत गएका थिए ।यता श्रीमती भने वैशाख २७ गते बिहान ५ बजे“सुपादेउराली जान्छु” भन्दै घरबाट हिँडेकी थिइन्। त्यसयता हालसम्म कुनै सम्पर्क नभएको उनकी कान्छी सासु आमा सिता नेपालीले जानकारी दिएकी हुन । श्रीमान रोजगारीको लागि भारतमा गएको २ दिनमा यता श्रीमती बेपत्ता भएकी हुन ।
२ छोरा छोरी रहेकोमा उनले छोरीलाई लगेर हिडेकी छिन ।घरमा बुढा सासु ससुरा हुनुहुन्छ । कसैले देख्नुभएमा वा कुनै जानकारी पाएमा परिवारजन वा प्रहरी चौकीमा खबर गरिदिन अनुरोध गरिएको छ।

















