चीनद्वारा अफ्रिकाका ५३ देशमा भन्सार शुल्क हटाउने घोषणा

एजेन्सी । चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो कदम चालेको छ।चीनले शुक्रबारदेखि एस्वाटिनी बाहेक सबै अफ्रिकी देशहरूबाट आउने सामानमा लाग्ने कर (भन्सार शुल्क) हटाउने घोषणा गरेको हो। अब ५३ अफ्रिकी देशहरूलाई अब शून्य–ट्यारिफ सुविधा लागू हुनेछ । यसअघि नै चीनले सन् २०२४ डिसेम्बरसम्म ३३ वटा अति कम विकसित अफ्रिकी देशहरूका लागि ड्युटी–फ्री नीति लागू गरिसकेको थियो। नयाँ निर्णयसँगै अब यो सुविधा अझ विस्तार भएर ५३ देशमा लागू हुने भएको छ। यो व्यवस्था सन् २०२८ अप्रिल ३० सम्म कायम रहने बताइएको छ।

चीनले आफू अफ्रिकालाई एकतर्फी रूपमा शून्य–कर सुविधा दिने पहिलो ठूलो अर्थतन्त्र भएको दावी गरेको हो। तर केही विश्लेषकहरूले भने यसलाई चीनले आफ्नो ‘सफ्ट पावर’ विस्तार गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्।

उनीहरूको भनाइमा, अफ्रिकी देशहरूका लागि मुख्य समस्या कर मात्र नभई उत्पादन क्षमता, पूर्वाधार र व्यापार सन्तुलनसँग पनि जोडिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation