राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको आयोजनामा सन्धिखर्कमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार सघ नेपाल लुम्बिनी समितिले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको २१ ओै जातीय भेदभाव तथा छुवाछूत उन्नमुलन राष्ट्रिय दिवस २०८३ को अबसरमा सन्धिखर्क नगरपालिका वडा न २ भगवती माध्यमिक विधालयमा आयोजित सभ्य समाजको आधारमा जातीय भेदभाव र छुवाछूतको बहिष्कार बिषयक बक्तृवकला प्रतियोगिताको उद्घाटन गदै प्रजिअ सुवेदीले यस्तो बताउनुभएको हो ।
सुवेदीले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण गदै भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै सुवेदीले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समतामूलक समाज निर्माणको आजको अपरिहार्य आबश्यकता भएको बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जातीय भेदभाव समाजको कलङ्क भएकोले समाजमा यस्ता काम गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने विधालय र अन्य सामुदायिक सघसस्थाबाट यस्तो कार्यको जनचेतनामूलक अभियान चलाउनुपर्ने बताएका थिए कार्यक्रममा विधालयका प्रधानाध्यापक धुव ब केसीले जातीय भेदभाव सामाजको कलङ्क भएकोले यस्तो कार्यको खुलेर विरोध गरि समतामूलक समाज निर्माणको अभियानमा जुट्नु पर्ने बताएका थिए कार्यक्रममा १४ जनाको सहभागीता रहेको कार्यक्रममा प्रथम(लेनीन भट्टराई , द्धितीय,आयुष्मा पौडेल
तृतीय शिषिर भट्टराई , सान्त्वना विपिन भट्टराई हुनेलाई उचित पुरस्कार सहित प्रमाणपत्र सहित समान गरिएको थियोे कार्यक्रममा दलित अधिकारकर्मी विष्णु परियार , राम ब परियार सन्जय नेपाली लगायतको सहभागीता रहेको थियोे कार्यक्रम सघका लुम्बिनी प्रदेश समितिका सचिव अनिल नेपालीको अध्यक्षता केन्द्रीय पार्षद कमला परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख नागरिक समाजका अगुवा मानबअधिकारकर्मी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation