चरा ठोकिएपछि नुवाकोटमा हेलिकप्टर दुर्घटना

बागलुङ गलकोट हटियाबाट यात्रु बोकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको कैलाश एअरको हेलिकप्टरमा चरा ठोक्किएको छ।चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो । हेलिकप्टरमै सवार उहाँले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।पाइलटले चिल छल्न खोज्नुभएको थियो तर जता हेली लग्यो उतै चिल गयो र हेलिकप्टरको शिशामा ठोक्कियो।’

हेलिकप्टरको अगाडि सिटमा पाइलटसँगै भण्डारी बस्नुभएको बताईएको छ । वडा अध्यक्ष भण्डारीका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित रहेको बताईएको छ । केहीलाई सामान्य चोट लागेको हो । यस्तै चिल ठोक्किएको झन्डै २ मिनेटमा पाइलट दीपक पुनले हेलिकप्टर आकस्मिक अवतरण गरेको उहाँले बताउनुभयो । उक्त हेलिकप्टरमा भण्डारी, पाइलट पुन, अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए। उनीहरू साढे १२ बजे बागलुङ हटियाबाट काठमाडौंतर्फ उडेका थिए।चिल ठोक्किएपछि हेलिकप्टरको अगाडिको भागको शिशा फुटेको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close