अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल निर्वाचित

सागर महत,फागुन २३अर्घाखाँची ।
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटीका हरि प्रसाद भुसाल ३५ हजार २३ मतका साथ विजयी हुनुभएको छ । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालभन्दा १२ हजार भन्दा बढी मतान्तरले विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ , नेपाली कांग्रेसका विष्णु प्रसाद खनाल (मुस्कान) ले १८ हजार ९सय ८३ , नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ ,राष्ट्रिय जनमोर्चाका पशुपति ढकालले १हजार ८सय ९ मत मत प्राप्त गर्नुभएको हो । अर्घाखाँचीमा कुल मतदाता संख्या १ लाख ७१ हजार ६ सय ५२ रहेका छन् । यहाँ कुल ८६ हजार ६ सय ६८ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation