सागर महत,चैत्र १० अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा खसी तथा बोकाको मासुको मूल्य प्रतिकेजी ७० रुपैयाँले वृद्धि गरिएको छ।

नयाँ मूल्य लागू भएसँगै अब प्रतिकेजी ९२० रुपैयाँ पुगेको छ।यसअघि प्रतिकेजी ८५० रुपैयाँमा बिक्री हुँदै आएको मासु अहिले बढाएर ९२० रुपैयाँ निर्धारण गरिएको अर्घाखाँची मासु व्यवसायी संघका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभएको छ।
त्यस्तै, खसी–बोकाको भुडीको मूल्य पनि वृद्धि गरिएको छ। भुडीको मूल्य प्रतिकेजी १५० रुपैयाँले बढाएर ६०० रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य ४५० रुपैयाँ रहेको थियो।

















