नयाँ वर्षमा प्रसिद्ध सुपादेउराली मन्दिरमा करिव ३५हजार भक्तजनले दर्शन गरे

सागर महत,वैशाख ०१अर्घाखाँची ।
अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिर मा नयाँ वर्षको पहिलो दिन ठूलो संख्यामा भक्तजनको उपस्थिती देखिएको छ।
नयाँ वर्षका अवसरमा करिब ३५ हजार श्रद्धालु भक्तजनले दर्शन गरेका छन्। सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुराबहादुर केसीका अनुसार विगत वर्षहरूझैँ यस वर्ष पनि बिहानदेखि अपरान्हसम्म उल्लेख्य भीड लागेको हो। मन्दिर बिहान ६ बजेदेखि नै पूजा–आराधनाका लागि खुला गरिएको थियो।

यस अवसरमा अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाल, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद खड्क बस्नेत, सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीलगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूले पनि दर्शन गरेका थिए।
मन्दिरमा अर्घाखाँची सहित,गुल्मी,पाल्पा,प्युठान दाङ ,कपिलवस्तु ,रुपन्देही ,नवलपरासी ,स्याङ्जा ,कास्की लगायतका जिल्ला छिमेकी राष्ट्र भारतका भक्तजनहरू पनि आउने गरेका छन्। यहाँ भाकल गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहेको छ, जसका कारण नयाँ वर्षमा आउने भक्तजनको संख्या हरेक वर्ष बढ्दै गएको स्थानीय कमल केसीले बताएका छन्।
सामान्य दिनमा पनि दैनिक करिब एक हजार भक्तजनले दर्शन गर्ने गरेको पाइन्छ। दर्शनपछि अधिकांश भक्तजन फर्किने गरे पनि केही भक्तजन नजिकैको नरपानी क्षेत्रमा घुम्न जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation