सागर महत,वैशाख २२अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१सुक्मी फाँटमा पशुपालन तथा तरकारी खेती गर्दै आएका कृषक गुनप्रसाद श्रेष्ठको टनेलमा सोमबार आएको हावाहुरी र वर्षाले क्षति पु¥याएको छ।

व्यावसायिक कृषि गर्दै आएका श्रेष्ठका ८ वटा प्लास्टिक टनेल पूर्ण रूपमा नष्ट भएका छन्।

टनेलभित्र लगाइएका तन्ने बोडी, काक्रा लगायतका बाली पनि अधिकांश नोक्सानी भई काम नलाग्ने अवस्थामा पुगेका छन्। कृषक श्रेष्ठका अनुसार यसबाट करिब ३ लाख भन्दा बढीकोे क्षति भएको छ।

जग्गा लिजमा लिएर विदेशमा जस्तै स्वदेशमै पसिना बगाएर आम्दानी गर्ने लक्ष्यका साथ कृषि पेशामा लागेका श्रेष्ठलाई यस क्षतिले ठूलो आर्थिक असर पारेको छ।

















