अर्घाखाँचीमा विद्यार्थीहरुको संख्या ३९ बढी हुँदा,दरबन्दी २हजार ५० मात्र

सागर महत,वैशाख२६अर्घाखाँची ।अर्घाखाँचीमा कुल विद्यार्थीहरुको संख्या ३९ हजार ४ सय ६२ पुगेको छ । यहाँ विद्यालय संख्या ४ सय १४ पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुप्रसाद बेल्बासेले जानकारी दिनुभएको छ ।जसअन्तर्गत कक्षा १ देखि ५ सम्मका आधारभूत विद्यालय २ सय ६९, कक्षा ६ देखि ८ सम्मका आधारभूत विद्यालय ५६ तथा माध्यमिक विद्यालय ३२ रहेको उहाँको भनाइ छ ।सामुदायिक विद्यालय ३ सय ७४, धार्मिक विद्यालय ८ तथा संस्थागत विद्यालय ३२ रहेको सन्धिखर्कमा आयोजित शिक्षा विकास तथा समन्वय इकाई को आयोजनामा माध्यमिक तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयनको अवस्था, शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजनको आवश्यकता र अवस्थाबारे सन्धिखर्कमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

अहिले दरबन्दी पुरानै कायम भएको छ ।संख्या भने २हजार ५० रहेको जनाएको हो ।यहाँ १० जना विद्यार्थी रहेको विद्यालयको संख्या १९ रहदा सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी जनज्योति मावि मा अध्ययनरत रहेका छन्। उक्त विद्यालयमा १ हजार २ सय ६२ विद्यार्थी रहेका छन् भने त्यसैगरी संस्थागत विद्यालयतर्फ सन्धिखर्क ग्रीन इङ्लिस बोर्डिङ मा सबैभन्दा धेरै १ हजार २ सय ७० विद्यार्थी अध्ययनरत रहेका प्रमुख बेल्बासेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालले निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन, शिक्षक दरबन्दी व्यवस्थापन तथा विद्यालय समायोजनका विषयमा सबै एक भएर लाग्न जरुरी भएको उहाँको भनाइ थियो ।पछिल्लो समय खस्कदै गएको शैक्षिक अवस्था सुधारमा फरक धारणा सहित सुधारका कार्ययोजना आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भटराइ,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने ,सहायक प्रमुख जिल्ला अधिकारी झविलला भटटरार्इ ,लगायतले पनि शैक्षिक सुधारमा एक हुन जरुरी रहेको बताउनुभएको हो ।यस्तै कार्यक्रममा पालिका अन्तर्गत शिक्षा शाखा प्रमुखहरुले पालिकाको शैक्षिक प्रगति विवरण समेत पस्तुत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation