अर्घाखाँचीः६ पालिका सहभागी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सन्धिखर्कमा सुरु

सन्धिखर्क ।अर्घाखाँचीमा १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ।सन्धिखर्कको टुँडीखेल मैदानमा भएको प्रतियोगितको संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री शुशीला सिर्पालीले उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने बताउनुभयो।विद्यालय क्षेत्रमा खेलखुदको विकासको लागि हरेक क्षेत्रको सहयोगको आवश्यक पर्ने राज्यमन्त्री सिर्पालीको भनाइ छ।खेल क्षेत्रलाइ पर्यटनसंग जोडेर बिकास गर्न मन्त्रालयले कानुन नै संशोधन गरेर अगाडि बढ्न लागेको बताउनुभयो ।

पालिकाको तर्फबाट बोल्दै सन्धिखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठले पालिकाहरु खेल क्षेत्रको विकासका लागि सक्दो प्रयासमा बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले वर्षको एक पटक सबै पालिकाको एक ठाउँमा जम्मा भै खेल खेल्दा जिल्लामा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको आयोजनामा भएको प्रतियोगितामा ६ वटा स्थानीय तहका खेलाडीको सहभागीता रहेको छ ।
प्रतियोगितामा भलिबल, दौड, रिले दौड, हाइजम्प, ट्रिपल जम्प, सटफुट, लगायत खेल हुने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीले बताए । माघ १६ गते सम्म चल्ने प्रतियोगितामा पालिकाबाट छनोट भएका मावि तहका विद्यार्थी खेलाडीहरुको सहभागीता रहेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close