सागर महत,साउन १२अर्घाखाँची ।
डिभिजन वन कार्यालयल अर्घाखाँचीले बाँदरबाट किसानको मकै बाली सुरक्षाका लागि २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिरहेका समूहहरूको लागत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको हो । बादर हेरालु भर्नासम्बन्धी सूचनापछि कार्यालयमा प्राप्त ६४ वटा आवेदनमध्ये उमेर, वडा कार्यालयको सिफारिस, प्रभावित क्षेत्रको अवस्था तथा आवश्यक मापदण्डका आधारमा २६ जना छनोट गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काको भनाइ छ ।
उनीहरूलाई मकै बाली संरक्षणका लागि दुई महिनाका लागि नियुक्त गरिएको हो । मासिक १२ हजार ५ सय रुपैया पारिश्रमिक पाउने छन् । हेरालुहरूले तोकिएको अवधिभर नियमित रूपमा प्रभावित क्षेत्रमा निगरानी गर्ने, बाँदरलाई मानवीय र वातावरणमैत्री उपायबाट नियन्त्रण गर्ने तथा आवश्यक परे स्थानीय जनप्रतिनिधि र वन कार्यालयसँग समन्वय गरी काम गर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।
गुलली ,लाईट , जकेट लगायतका सामग्री समेत प्रदान गरिएको छ ।

















