सन्धिखर्क,पुष १८ ।राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले आगामी फागुन २१ गते हुने निर्वाचनमा मा जिल्ला सभापति हरि प्रसाद भुसाललाई उम्मेदवारी बनाउने घोषणा गरेको छ ।जिल्लाका अधिंकाश पार्टीका सदस्यले उम्मेदवारी मलाई बनाउने भनेपछि म अघि सरेको जिल्ला सभापति भुसालको भनाइ छ ।जिल्लका समस्याहरुको पहिँचान र सम्बोधन सहित नितिगत कुराहरुमा सुधार गर्दै अगाडि बढ्ने सकल्पका साथ आफ्नो उम्मेदवारी रहेको समेत बताउनुभएको हो ।
यस्तै हाल सम्म शितगंगा नगरपालिका र छत्रदेव गाउँपालिकामा रहेका २२ वडामा संवाद यात्रा संचालन गरेको बताएको छ । उक्त पाटीले ३९ वटा वडामा संवाद यात्रा पुन षौष १९गते पाणिनि गाउँपालिकाबाट संचालन गर्ने जनाएको छ ।















