सागर महत,पुष १८अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा प्रमुख प्रशासनिक भवन बन्ने भएको छ ।जिल्लाका ५ पालिकामा प्रमुख प्रशासनिक भवन निर्माण सम्पन्न हुँदा त्यहाँ यो आर्थिक वर्षमा ठेक्का प्रक्रिया अघि बढेको र काम पनि सुरु भएको नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभयो ।
८ करोड ९० लाख मा ठेक्का सम्झौता भएको नगरपालिका का योजना शाखा प्रमुख हरिशचन्द्र भुसालको भनाइ छ । वडा नम्बर ८ नुवाकोटमा रहेको नगरपालिका को अस्थाइ भवन नजिकै भवन सुरु भएको हो ।
२वर्ष भित्रमा काम सम्पन्न हुने गरि निर्माण कम्पनी खनाल बदर्श अर्घाखाँची संग सम्झौता भएको भुसालले जानकारी दिनुभयो ।नयाँ संमरचनाको भवन बनेपछि सेवा प्रभाहमा पनि सहज हुने त्यहाँका नागरिको भनाइ छ ।

















