गुल्मी । गुल्मीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।जिल्लाकाृ को मालिका गाउँपालिकामा पिकनिकका लागि विद्यार्थी लिएर हिँडेको लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका ६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षका मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा मोटससाइकलमा सवार ५ वर्षको बालक अनुभव गिरी र पैदल यात्री मालिका ६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई बनभोज लिएर जान हिँडेको बससले मालिका वडा नम्बर ७ अर्जे राम्चेको ओरालेमा बिपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बस प्रहरीको नियन्त्रणमा छ।

















