सरकार पूर्ण रूपमा असफल भयोःभट्ट

सन्धिखर्क ।राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले मुलुक बहुआयामिक संकटको भुमरीमा फस्दै गएको चिन्ता व्यक्त गर्नुभयो ।
महासचिव भट्टले जेन–जी आन्दोलनको उदय, संसद विघटन लगायतका घटनाक्रमले राज्यसत्तामाथि संकट थपिएको बताउनुभयो । उहाँले बढ्दो वैदेशिक चलखेल, संस्थागत भ्रष्टाचार, सहकारी ठगी प्रकरण, तीव्र गतिमा भइरहेको युवाशक्ति पलायन र कमजोर बन्दै गएको राष्ट्रिय अर्थतन्त्र जस्ता गम्भीर विषयहरूलाई सरकारले नजरअन्दाज गरेको टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चा सधैं जनताको पक्षमा उभिएर काम गरिरहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर केसी, केन्द्रीय सदस्य झविलाल थापा, सागर केसी लगायतले मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम पन्थी सुनारको सञ्चालनमा भएको सो जागरण सभामा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation