अर्घाखाँचीको दुर्गम क्षेत्र सिद्धाराका विभिन्न विद्यालयमा अनुगमन

अर्घाखाँची।जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा जिल्लाको दुर्गम क्षेत्र मानिने क्षेत्रमा विद्यालय अनुगन गरिएको छ ।जसअन्तर्गत शितगंगा नगरपालिका रहेको जनजागृति मावि सिद्घारा, सुबोधिनी मावि ,जनता आधारभूत र दरबारे आधारभूत विद्यालयको स्थलगत अनुगमन गरिएको हो।
शिक्षा समन्वय इकार्इ अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद बेल्बासेका अनुसार शैक्षिक गुणस्तरको हालको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा यो अनुगमनले शैक्षिक सुधारमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।
यस्तै अङ्ग्रेजी, गणित विषयको विषय विज्ञ शिक्षक सहित विद्यालयको शैक्षिक गुणस्तर, शिक्षक दरबन्दी, व्यवस्थापनको अवस्था तथा पठन–पाठनको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्य पनि अनुगमन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation