सागर महत,पुष१९ अर्घाखाँची।
चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला २०८२हुने भएको छ।ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज,हस्तकला,घरेलु तथा साना उधोगका उत्पादनलाई बजारसँग जोडने मुल उदेश्य रहेको छ।

सन्धिखर्कको कुँडुले फाँटमा पौष २७ गतेदेखि माघ ११ गतेसम्म हुने मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम समेत हुने अध्यक्ष अशोककुमार श्रेष्ठले पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो। महोत्सवको आम्दानीबाट अर्घा र खाँची सन्धी भएको क्षेत्र सन्धिखर्कमा स्तम्भ निर्माण र जेनजी आन्दोलनको क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका का माधव सारुको परिवारलाई आर्थिक सहयोग गर्ने पनि रहेको श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा करिव ३सय ५०स्टल रहने छ भने ५करोडको कारोबार हुने अनुमान गरिएको छ ।५० हजारदेखि ७ं० हजार दर्शकले मेलाको अवलोकन गर्ने सचिव प्रेम थापाले जानकारी दिनुभयो ।टिकट सुल्क ९० बिद्यार्थीलाई ५० र जेष्ठ सदस्यलाई फिरी हुने छ ।यस्तै मेला सफल पार्न १सय १ मुल आयोजक समिति अध्यक्ष अशोक कुमार श्रेष्ठको संयोजमा गठन गरिएको बरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालले जानकारी दिनुभयो ।मेला सफल पार्न सबै निकायको सहयोग आवश्यक पर्ने महासचिव हरिप्रसाद भुसाल र उपाध्यक्ष बाबुराम पन्थीको आग्रह छ ।

















