अर्घाखाँचीमा रास्वपा टिकट भुसाल कि खनालको चर्चा,हरिको कटाक्ष पहिले पार्टी सदस्यमा भेटौँ

अर्घाखाँची ।अर्घाखाँचीका स्वतन्त्र उम्मेद्वार नारायण प्रसाद खनालले बालेनसंग भेट गरेको तस्बिर सार्वजनिक भएपछी राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरी प्रसाद भुसालले कटाक्ष गर्नुभएको छ।
भुसालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कटाक्ष गर्नुभएको हो। उहाँले भन्नुहुन्छ ‘टिकट चाहिए पार्टी सदस्यहरु भेटौँ है, नेताको ढोका ढकढकाउने होईन’


अहिले दुबैको कित्ता अर्थात भुसाल रवि लामिछानेको साथमा सक्रिय राजनीतिमा सुरुदेखि हुनुहुन्छ र खनाल बालेन शाह संग निकट केही समय पहिला देखि नै रहेको श्रोतको भनाइ छ।टिकट कस्ले प्राप्त गर्दछ भनेर अहिले आकलन गर्ने अवस्था नरहेको रास्वपा समर्थक को भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation