सागर महत,अर्घाखाँची ।अर्घाखाँची व्यापार संघले पौष २७ गतेदेखि सन्धिखर्कमा लाग्ने महोत्सवको विरोध जनाएको छ ।चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा हुन लागेको सातौं अर्घाखाँची महोत्वले आम जनता उपभोक्ता र व्यावसायीको हितमा नरहेको र यस खालको महोत्सवले तत्काल र दिर्घकालको लागि जिल्लाका लागि कुनै फाइदा नहुने अध्यक्ष योगेन्द्र बहादुर खड्का र महासचिव कृष्ण प्रसाद भुसालले निकालेको विज्ञप्तीमा उल्लेख छ ।यस्तै पछिल्लो समय जिल्लामा व्यवसाय धराशायी भई विस्थापित हुने अवस्था सृर्जना भएको जनाएको छ ।मेलाको आफुहरु पुर्ण रुपमा विरोधि समेत रहेको जनाएको छ ।


















