ठाडामा इलाका प्रशासन कार्यालय माग गर्दे शितगंगाको टोली गृहमा

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका नगर प्रमुखसहितको टोलीले आज गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ। नगरपालिका को वडा नम्बर ३ ठाडा मा इलाका प्रशासन कार्यालय स्थापना गरिदिने मागसहितको निवेदन आज गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पालिका प्रमुखसहितको टोलीले पेस गरेको हो।

नगर प्रमुख छविलाल पौडेलसहितको टोलीले नेपालकै ठुलो क्षेत्रफल भएकोले स्थानीय शान्ति सुरक्षा, नागरिकता र पासपोर्ट जस्ता प्रत्यक्ष प्रशासनिक सेवालाई पहुँच योग्य बनाउन त्यस ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अत्यन्त आवश्यक रहेको जनाइएको छ। पालिकामा १४ वटा वडाहरू रहेका छन्। अघिल्लो सरकारले आश्वासन दिएको थियो ।

सरकारले ९ स्थानमा निर्णय गर्दा अर्घाखाँचीको शितगंगा छुटेको छ । त्यसका लागि सरकारलाई ध्यानाकर्षण गराउन नगरको टोली, सर्वदलीय, सर्वपक्षीयसहित गृहमन्त्रीलाई भेट्न पुगेका थिए ।भेटमा उपप्रमुख गिता भाट,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा पुर्व नगरप्रमुख सुर्य प्रसाद अधिकारी,वडा अध्यक्ष लगायतको पनि सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation