एमाले अर्घाखाँचीबाट निर्वाचनका लागि रायमाझी सहित ५ जनाको नाम सिफारिस

सागर महत,पुष २२अर्घाखाँची ।
आगामी फागुनन हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले अर्घाखाँचीले जेलमा रहेका टोपबहादुर रायमाझी सहित ५ जनाको नाम सिफारिस गरिएको छ ।रायमाझी एमालेका पुर्व केन्द्रिय सचिव पनि हुन। भुटानी शरणार्थी प्रकरणमा नेता रायमाझी पुर्पक्षका लागि हाल थुनामा रहेका छन् ।
रायमाझी संगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो । नेकपा एमाले अर्घाखाँचीको आज बसेको जिल्ला कार्य समितिको बैठकले निर्णय गरेको नेता लिलबहादुर विकले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation