छत्रदेव गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन

सागर महत,पुष २३अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम संचालन भएको छ। गर्भवती महिलाहरू शारीरिक रुपमा समेत कमजोर हुने भएकोले यो सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।गाउँपालिकाले सहज सेवा पुराउनको लागि नागरिकको माग बमोजिम कार्यक्रम संचालन गरेको उहाँको भनाइ छ ।

यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकै कारण सन्धिखर्क ,तम्घास र बुटवल सम्म उपचार गर्न जान नपरेस भनेर ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूलाई पैसाको बचत र सहज रुपमा सेवा मिलोस भनेर कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताउनुभयो ।

अल्ट्रासाउन्ड गर्नका लागि जाने गर्भवती महिलाहरूका लागि स्वास्थय चौकीमा समेत सेवा लिन सकिन्न भन्ने विश्वास दिलाउन समेत यस कार्यक्रमले सहयोग गर्ने उपाध्यक्ष मनी पन्थीको भनाइ छ ।
सोमबारदेखि सुरु भएको शिविरमा हाल सम्म २२ जनाले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्वीराम न्यौपानेले जानकारी दिनुभयो ।जसअन्तर्गत ८ वटा वडा स्तरमा रहेका स्वास्थ्य चौकिमा संचालन हुने कार्यक्रम अन्तर्गत चिदिका स्वास्थय चौकीमा ९ जना,बल्कोट स्वास्थ्य चौकीमा ४ भगवती स्वास्थय चौकीमा ३ जना र अर्घातोष स्वास्थ्य चौकीमा ६ जना गरि २२ जनालाई सेवा प्रदान गरेका छन ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले अर्घातोष स्वास्थ्य चौकीको अनुगन गर्दै आधारभुत सेवामा कुनै पनि कमि हुन नदिने बताउनुभएको हो । कार्यक्रममा वडा अध्यक्ष भिष्म कुवँर लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation