सागर महत,पुष २४ अर्घाखाँची ।
अर्घाखाँची जिल्लामै पहिलो पटक सन्धिखर्क नगरपालिका २मा रहेको सन्धिखर्क ग्रीन इंग्लिस बोर्डिंग स्कुलले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको आईएसओ सर्टिफाइड प्राप्त गरेको छ ।शिक्षालाई गुणस्तरीय, अनुशासित, संस्कारी र सिक्ने, टिक्ने र बिक्ने गरी विकास गर्न विद्यालयले भौतिक तथा शैक्षिक विभिन्न गतिविधिका सूचकहरू पूरा गरेपछि सर्टिफाइड लोगो प्राप्त गरेको हो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले यसै गरि जिल्लाका निजि तथा सामुदायिक विद्यालयले शैक्षिक सुधारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।जसले गर्दा शैक्षिक सुधारका कार्यक्रम जिल्लामा राम्रो भएमा बसाई सराईमा पनि कमी आउने बताउनुभयो ।

विद्यालय सुधारका सूचकहरू पूरा गरी, तोकिएका सूचकहरूको अनुगमन, मूल्यांकन, तथा प्रमाणीकरण गरी विद्यालयलाई ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले आईएसओ सर्टिफाइड लोगो प्रदान गर्नुभएको हो ।यस्तै जसमा थप ३ वर्षको अवधिमा थप सुधारका कार्ययोजना बनाउन जिम्मारी पनि रहने शर्माको भनाइ छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णु बेल्बासेका अनुसार यो योजना जिल्लाका ६ वटै पालिकाले ल्याउन जरुरी रहेको बताउनुभयो ।विद्यायले अपनाउनु पर्ने आवश्यक मापदण्ड पार गर्दै आएको प्रिन्सीपल टेकबहादुर थापाको भनाइ ।

कार्यक्रममा सन्धिखर्क ८का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे,सन्धिखर्क ग्रीन इंग्लिस बोर्डिंग स्कुलका अध्यक्ष डिलाराम भुसाल सहायक प्रिन्सीपल नारायण प्रसाद भुसालले शिक्षा क्षेत्रको जिल्लाकै पहिलो अभ्यास अन्य क्षेत्रमा पनि लागुभएमा शैक्षिक क्षेत्रमा नयाँ परिणाम आउने अपेक्षा रहेको बताउनुभएको हो

















