सागर महत,पुष २६ अर्घाखाँची ।
आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि अर्घाखाँचीमा सुरक्षा योजना अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभएको छ ।एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्।आज जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सुवेदीले यस्तो बताउनुभएको हो। यस्तै ६ वटा मतदान स्थल थप भएका छन ।जसअन्तर्गत शितगंगा नगरपालिका र पाणिनि गाउँपालिकामा थपिएको हो ।जिल्लाका अधिकांश मतदान स्थल अनुगमन गरेपछि आवश्यकताको आधारमा थपिएको उहाँको भनाइ छ ।

यस्तै फरक विषयमा बोल्दै २०५९ सालमा सशस्त्र द्वन्द्वको समयमा पुराना अभिलेख भएका फाइल जलेकाले २०५९ भन्दा अघिका नागरिकता हराए अथवा सच्याउन परेमा केहि समस्या हुँदा आएको छ ।ति अभिलेख नभएकाले समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले हरेक कार्यालयले सेवा नागरिकमैत्री बनाउन जरुरी रहेको बताउनुभएको थियो ।
।कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेठ सुरक्षा निकायका प्रतिनिधि,विभिन्न कार्यालयका प्रतिनिधि राजनितिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको कार्यक्रम जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

















