५ लाख भन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा नगद भुक्तानी गर्न नपाइने

काठमाण्डौं ।सरकारले नगद कारोबारको सीमामा कडाइ गरेको छ ।आउँदो माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा नगद भुक्तानी गर्न नपाइने भएको छ । सरकारले राजपत्रमा सूचना निकालेर माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको कारोबारमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत जारी नियम १ माघदेखि लागू हुनेछ । यद्यपि, केही विशेष व्यवस्था राखेर पाँच लाखभन्दा बढीको नगद कारोबारलाई छुट सुविधा पनि दिइएको छ । बैंक वा वित्तीय संस्थामा निक्षेप, बचत वा मुद्रा सटही गर्दा, बैंकबाट लिएको कर्जाको साँवा र ब्याज तिर्दा, बैंक तथा वित्तीय संस्थाबिच नगद कारोबार हुँदा, पाँच लाखभन्दा बढी नगदको स्रोत र प्रयोजन स्पष्ट खुलेको अवस्थामा नगद बोकेर एक स्थानबाट अर्को स्थान लैजाँदा, कुनै खातावालाले विशेष कारण देखाएर नगद मागेमा र बैंकले मनासिब ठानेर सीमाभन्दा बढी नगद भुक्तानी दिन सक्ने व्यवस्था राखिएको राजपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation